काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न १ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार हुन्डी मार्फत रकम कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटि गएको टोलीले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका ९ घर भइ हाल कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठलाई पक्राउ गरेको हो।
चेकजाँच गर्ने क्रममा उनको साथ र कोठाबाट नेपाली नगद रुपैयाँ ५७ लाख ४७ हजार ३५० रुपैयाँ बरामद भएको हो।
श्रेष्ठलाई हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
कुलेश्वरबाट साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ