ताराखोलामा जेसीबीमाथि सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु

माथिल्लो भागबाट अचानक ढुङ्गा सहितको पहिरो खस्दा रोल्पा घर भएका १९ वर्षीय सहचालक बिशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए । पहिरोले जेसीबीमा समेत क्षति पु¥याएको छ ।

ताराखोलामा जेसीबीमाथि सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु
बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ सिथ्त कराचेमा रोकिएको जेसीबीमाथी सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ । आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी सफा गर्ने क्रममा निर्माणस्थल माथिबाट खसेको पहिरोका कारण सहचालकको मृत्यु भएको छ । माथिल्लो भागबाट अचानक ढुङ्गा सहितको पहिरो खस्दा रोल्पा घर भएका १९ वर्षीय सहचालक बिशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए । पहिरोले जेसीबीमा समेत क्षति पु¥याएको छ ।