धनुसा । नेपाली कांग्रेसका सांसदहरूले मधेस प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।
बुधबार एक बजे बोलाइएको बैठक झण्डै १ घण्टा ढिलो भएर सुरु हुनासाथ बैठक अवरुद्ध भएको हो।
उक्त बैठकमा बैंक खाता खोलाउने विषयलाई लिएर विवाद भएको हो। संसद सचिवालयले प्रदेशसभा सदस्यलाई एनएमबी बैंकमा खाता खोल्न भनेकोमा अन्य बैंकमा खाता खोलाउन कांग्रेसका सांसदले कर्मचारीलाई बोलाएपछि विवाद भएको बताइएको छ।
कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले आफूहरूको अतिथिलाई प्रवेश गर्न नदिएको आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।
जवाफमा सभामुख रामचन्द्र मण्डलले अतिथिलाई ल्याउन पाउने, तर सबैलाई अराजक व्यक्तिलाई ल्याउन नपाउने भन्दै भने, ‘कोही बम लिएर आए छिर्न दिने भन्दै जवाफ दिएका हुन्। उक्त बैठक १० मिनेटको लागि अवरुद्ध भएको हो ।
कांग्रेसका सांसदहरूद्वारा मधेसको प्रदेशसभा बैठक अवरुद्ध
नेपाली कांग्रेसका सांसदहरूले मधेस प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।

