काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्त्व गर्नुपर्ने जस्तो लागेको बताएका छन् । 'उज्यालो नेपाल पार्टी'को घोषणासभाको प्रमुख अतिथि बनेका घिसिङले भने, 'अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ ।'
उनले उज्यालो नेपाल पार्टी अनुप उपाध्यायले बनाएको भन्दै श्रेय समेत दिए । उनले भने, 'मैले विदेशमा घुम्ने मौका पाउँदा सबैसँग भेट्ने अवसर प्राप्त भयो । विदेशमा रहेका नेपालीहरूले देशलाई कति माया गर्नुहुँदो रहेछ । उजयालो नेपाल पार्टीका लागि विदेशमा रहेका नेपालीको साथ सहयोग प्राप्त भएको मलाई लाग्छ ।'
देशमा संकट हुँदा आफ्नो उपस्थिति हुने गरेको घिसिङको दाबी छ । 'जुन-जुन बेला देशमा, संस्थामा क्राइसिस आउँछ मेरो उपस्थिति हुँदो रहेछ । विद्युत् प्राधिकरणमा क्राइसिस भएका बेला मलाई निर्देशक बनाउनुभयो । चिलिमे हाइड्रोपावरमा पनि क्राइसिस भएका बेला त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरेँ । त्यहाँबाट पनि निकालिएँ । आन्दोलन भयो त्यपछि फेरि विद्युत् प्राधिकरणमा आएँ र त्यसपछि समस्या समाधान भयो,' घिसिङले भने । जेनजी आन्दोलनले आफूलाई मन्त्री बन्ने अवसर प्राप्त भएको उनले बताए ।
ऊर्जामन्त्री कुलमान भन्छन् -'अब देशकै नेतृत्वको गर्नुपर्छ'