काठमाडौं । माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएका छन्।
पूर्वमुख्यमन्त्री शर्माले बुधबार दलका प्रमुख सचेतकलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन्।
पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।’
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले दिए माओवादी संसदीय दलको नेताबाट राजीनामा, जनार्दनलाई साथ
पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।’