काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याडमा भ्रष्टाचार प्रकरणमा बुधबार मुद्दा दायर गरेको हो ।
प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर उपस्थित गराइएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । उनका अनुसार १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो ।
मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका प्रोप्राइटर छन् । क्यानका कर्मचारीहरू उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापा लाई प्रतिवादी कायम गरिएको छ ।
हेलिप्याडमा भ्रष्टाचार प्रकरण : महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनामाथि साढे १३ करोड बिगो