अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस साताव्यापी मनाइने

काठमाडौंको चावहिल, कोटेश्वर, त्रिपुरेश्वर, माइतीघरमा डिजिटल माध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गर्ने, प्रभातफेरी, दोहोरी प्रतियोगिता, वर्कसप, इनोभेटिभ क्रियटर हन्ट्स, वाकाथन विजेतालाई सम्मानलगायतका कार्यक्रम गरिने महासचिव सुगम भट्टराईले जानकारी दिए।

अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस साताव्यापी मनाइने
काठमाडौं । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस साताव्यापी रूपमा मनाइने भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बर अर्थात् १७ मंसिरदेखि साताव्यापी रूपमा दिवस मनाइने भएको हो। महासंघले आज (मंगलबार) भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै साताव्यापी कार्यक्रमहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत काठमाडौंको चावहिल, कोटेश्वर, त्रिपुरेश्वर, माइतीघरमा डिजिटल माध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गर्ने, प्रभातफेरी, दोहोरी प्रतियोगिता, वर्कसप, इनोभेटिभ क्रियटर हन्ट्स, वाकाथन विजेतालाई सम्मानलगायतका कार्यक्रम गरिने महासचिव सुगम भट्टराईले जानकारी दिए। उनका अनुसार मूल समारोहमा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको उपस्थिति रहनेछ। पत्रकार सम्मेलनमा अध्यक्ष देवीदत्त आचार्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अवधारणा पत्र प्रस्तुत गरेका थिए। अवधारणापत्रमा अन्तर्राष्ट्रिय दिवसको सुरुवात, अपांगता भएका व्यक्तिहरुको तथ्यांक, नीति–कानुनको अवस्था, कानुन कार्यान्वयनमा चुनौती र अपांगता भएका व्यक्तिहरूका लागि गर्नै पर्ने कामहरूका विषयहरू समेटिएको छ। साथै उनले जेनजी पुस्ताको आन्दोलनपछि अपांगता क्षेत्रमा भएका छुट्याइएका बजेटहरू कटौती गरिएको जिकिर गरे। यसका लागि आफूहरूले सरकारको ध्यानाकर्षण गराएको बताए ।