जेनजी आन्दोलन : सशस्त्रका डीएसपीलाई कारबाही सिफारिस

सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार सामान्य प्रदर्शनमा पनि सशस्त्र प्रहरी बल सुरुआती अवस्थामा नै परिचालन हुँदा प्रहरीसित काम गर्ने तालमेल नै मिलेन । जसको कारण केही कमजोरी देखियो ।

जेनजी आन्दोलन : सशस्त्रका डीएसपीलाई कारबाही सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बलले जेनजी आन्दोलनका क्रममा संगठनको आन्तरिक सुरक्षा कमजोरीबारे छानबिन गरेको छ । छानबिनका क्रममा सशस्त्रले प्रदर्शनको सुरुआती अवस्थामै प्रहरीसँग सशस्त्र प्रहरी बलको प्रयोग प्रभावकारी हुन नसक्ने निष्कर्ष निकालेको छ । सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार सामान्य प्रदर्शनमा पनि सशस्त्र प्रहरी बल सुरुआती अवस्थामा नै परिचालन हुँदा प्रहरीसित काम गर्ने तालमेल नै मिलेन । जसको कारण केही कमजोरी देखियो । प्रदर्शनका क्रममा सशस्त्र प्रहरी बलको बानेश्वरस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी बलको ११ थान एसएलआर राइफलसमेत जलेको थियो । सुरक्षा बेसका कमान्डर सशस्त्र प्रहरी बलका डीएसपी गौतम कुवँर थिए । छानबिनका क्रममा डीएसपी कुवँरले हतियारसमेत जोगाउन नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले गरेको छानबिन प्रतिवेदन बलका प्रमुख आईजीपी राजु आर्याललाई बुझाइएको छ ।