काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहका बुवाको निधन भएको छ। बालेनका बुवा राम नारायण शाहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो।
आइतबा बेहोसी अवस्थामा निजामती कर्मचारी (सिभिल) अस्पताल लगिएका उनको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सकाअनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो। शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन्।
रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको पनि चिकित्सकले जानकारी दिएका छन्। रामनारायण आयुर्वेदिन चिकित्सक हुन्। उनी २०५८ सालदेखि ०६३ सालसम्म सिंहदरबार बैद्यनाखाका प्रवन्ध निर्देशक थिए।
मेयर बालेन्द्र शाहलाई पितृशोक
चिकित्सकाअनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो। शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन्।