नेपालमा ‘दित्वा’ चक्रवातको आंशिक असर

सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा हुस्सु देखिएको छ।

नेपालमा ‘दित्वा’ चक्रवातको आंशिक असर
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव नेपालको मौसममा देखा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा हुस्सु देखिएको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।