काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको नाइन एन एओसी कलसाइन भएको जहाजमा चरा ठोकिएको हो । जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका छन्।

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
फाइल तस्बिर काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज चरासँग ठोकिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको नाइन एन एओसी कलसाइन भएको जहाजमा चरा ठोकिएको हो । जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका छन्। 'जहाजमा चरा ठोकियो। सामान्य हो खासै त्यस्तो क्षति केही छैन तर पनि यसका लागि बुद्ध एयरकै प्राविधिकहरूले जाँच गरिरहेका छन्', पोखरा विमानस्थलका महाप्रबन्ध निर्देशक जगन्नाथ निरौलाले भने, 'उनीहरूको प्राविधिकले अब उड्नका लागि तयार छ भनेपछि नागरिक उड्डययनका इन्जिनियररप्राविधिकहरूले फेरि जाँच गरेपछि मात्रै उक्त जहाजले उडान अनुमति पाउँछ।' उनले पोखरा विमानस्थल धेरै चरा गतिविधि हुने क्षेत्रमा रहेको पनि बताए।