बसिरको अर्धशतकमा विराटनगरको रोमाञ्चक जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। बिहिबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो।

बसिरको अर्धशतकमा विराटनगरको रोमाञ्चक जित
काठमाडौं । विराटनगर किङ्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै प्रतियोगितामा चौथो जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । विराटनगरका लागि बसिर अहमदले नट आउट ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।