काठमाडाैं । नेपालमा अपांगता समावेशी विकासलाई सुदृढ बनाउन दातृ निकाय र अपांगता अधिकार संस्थाहरूबीचको बैठक काठमाडौंस्थित ब्रिटिश दूतावास, लैनचौरमा सम्पन्न भएको छ। ब्रिटिश एम्बेसी काठमाडौं, अस्ट्रेलियन सहायता, एनएफडीएन, सीबीएम ग्लोबल, र ह्यान्डीकेप अन्तर्राष्ट्रियकाे सहकार्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
“Fostering disability inclusive societies for advancing social progress” भन्ने मूल विषयका साथ आयोजित कार्यक्रममा विकास साझेदार, कूटनीतिक प्रतिनिधि, बहुपक्षीय निकाय, र अपांगता क्षेत्रका नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा Ms, Pipa Bird , development director of British Embassy राष्ट्रिय अपांग महासंघ (NFDN) का अध्यक्षले नेपालमा अपांगता समावेशनको वर्तमान स्थिति, चुनौती, अवसर तथा सरकारी–गैरसरकारी तहमा आवश्यक सुधारका उपायहरूबारे विस्तृत प्रस्तुति दिएका थिए ।
उनले नीति तथा कानुनी संरचना बलियो भए पनि कार्यान्वयन, पहुँच, सूचनाको उपलब्धता, रोजगार–शिक्षा तथा राजनीतिक सहभागितामा गम्भीर अन्तर रहेको उल्लेख गर्दै दातृ निकायको दीर्घकालीन साझेदारी अपरिहार्य रहेको बताए ।
कार्यक्रमको मुख्य आकर्षण प्रतीमा गुरुङ, डा .विरेन्द्रराज पोखरेल लगायतका राष्ट्रिय अपांगता अधिकार नेतृत्वकर्ताहरू सहभागी प्यानल छलफल थियो। प्यानलिस्टहरूले नेपालको विकास सहकार्यमा अपांगता समावेशनले पाएको स्थान, व्यवहारिक चुनौती, स्थानीय तहको वास्तविकता, तथा CRPD को धारा ३०—संस्कृति, खेलकुद, मनोरञ्जन र सामाजिक सहभागिता—लाई व्यवहारमा उतार्न आवश्यक नीति–स्तरका समायोजनबारे गहन विचार विमर्श गरे।
ब्रिटिश दूतावासमा ‘अपांगता समावेशी साझेदारी’ विषयक कार्यक्रम सम्पन्न
“Fostering disability inclusive societies for advancing social progress” भन्ने मूल विषयका साथ आयोजित कार्यक्रममा विकास साझेदार, कूटनीतिक प्रतिनिधि, बहुपक्षीय निकाय, र अपांगता क्षेत्रका नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो।

