काठमाडौं । कैलालीको धनगढीमा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरूबीच तनाव भएको छ। धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले कार्यकर्ताबीच तनाव भएको हो। एमाले कार्यकर्ताले बस्नेतको विरोधमा उत्रिएका युवाहरूमाथि हातपात गरेका छन्।
धनगढी विमानस्थलमा स्वागत गरेर बस्नेतलाई कार्यक्रमस्थलमा लैजाने क्रममा धनगढीको जेनजी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए। प्रदर्शनकारीहरूले ‘गुण्डुको गुण्डाः गो ब्याक, हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिरहेका थिए।
जेनजीको प्रदर्शनस्थलमा मोटरसाइकल र्याली रोकेर एमालेनिकट युवा कार्यकर्ताहरूले हातपात गरेका हुन्। सो क्रममा केही जेनजी युवा सामान्य घाइते भएका छन्। बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन्।
मंगलबार सुर्खेतको विरेन्द्रनगरमा पनि उस्तै प्रदर्शन भएको थियो। यसअघि बाराको सिमरा र मोरङको विराटनगरमा समेत जेनजी युवाहरूले उनीविरुद्ध तीव्र नाराबाजी गरेका थिए।
मंसिर ३ गते बाराको सिमरा विमानस्थलमा ठूलो प्रदर्शन भएको थियो, जहाँ जेनजी युवा र प्रहरीबीच झडप समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु समेत लगाएको थियो।
महेश बस्नेतविरुद्ध प्रदर्शन गर्ने जेनजी युवाहरुले खाए कुटाई