प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका मिराज ढुंगानासहितका जेनजीलाई प्रहरीले लखेट्यो

आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको छ । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका मिराज ढुंगानासहितका जेनजीलाई प्रहरीले लखेट्यो
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेनजी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । हिजो अपरान्ह पनि २१ वटा जेनजी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको छ । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।