यी हुन् रास्वपाका १६ केन्द्रीय सदस्य

१६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए ।

यी हुन् रास्वपाका १६ केन्द्रीय सदस्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो । १६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए । रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन। सोमबारको बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।