प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नै श्रीमतीलाई बनाए स्वकीय सहसचिव

आदर्श स्वय‌ंले संगीता आफ्नी पत्नी भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन्। तर प्रधानमन्त्रीको विश्वास र गोप्यतालाई ध्यान दिनुपर्ने भएकाले पत्नीलाई सचिवालयमा भित्र्याइएको दाबी उनले गरेका छन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नै श्रीमतीलाई बनाए स्वकीय सहसचिव
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती नियुक्ति गरेको खुलासा भएको छ। गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी रहेको खुलेको हो। आदर्श स्वय‌ंले संगीता आफ्नी पत्नी भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन्। तर प्रधानमन्त्रीको विश्वास र गोप्यतालाई ध्यान दिनुपर्ने भएकाले पत्नीलाई सचिवालयमा भित्र्याइएको दाबी उनले गरेका छन्। त्यसो त त्यही दिन स्वकीय सहसचिव पदमै नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि उनकै नातेदार भएको खुलेको छ। यसमा भने आफ्नो नाम अनावश्यक रूपमा जोडिएको जिकिर उनले गरेका छन् । आदर्श यसअघि सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार कर्मचारी थिए।