महेश बस्नेतलाई मसी प्रहार गर्ने युवा कांग्रेसका क्रियाशील सदस्य

मसी प्रहार गर्ने व्यक्तिहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – १ का २५ वर्षीय संजोग गौतम र विराटनगर– २ का १९ वर्षीय अर्पित कुँवर रहेका छन् । उनीहरू दुवैजना नेपाली कांग्रेस निकट रहेको पुष्टि भएको हो ।

महेश बस्नेतलाई मसी प्रहार गर्ने युवा कांग्रेसका क्रियाशील सदस्य
काठमाडौं । विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी प्रहार गर्ने व्यक्तिहरू नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खुलेको छ । बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकाल विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू चढेको गाडीमा रातो मसी भरिएको बेलुन प्रहार भएको थियो । मसी प्रहार गर्ने व्यक्तिहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – १ का २५ वर्षीय संजोग गौतम र विराटनगर– २ का १९ वर्षीय अर्पित कुँवर रहेका छन् । उनीहरू दुवैजना नेपाली कांग्रेस निकट रहेको पुष्टि भएको हो । गौतम गत स्थानीय निर्वाचनमा निर्वाचन परिचालन कमिटीको सचिव थिए । त्यसपछि उनले नगर सभापति दीपक चापागाईंको सचिवालयमा पनि काम गरेका थिए । पक्राउ परेका अर्का युवक अर्पित कुँवर पनि कांग्रेसका क्रियाशील सदस्य हुन् । नगर सभापति चापागाईंका अनुसार दुवैजना सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएका थिए ।