काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ खारमा जारी पौंदी न्वागी मेलामा आयोजकसँगको समन्वयमै अवैध जुवा (खोरखोरे) खेलाउने गरेको पाइएको छ । मंसिर १ गते देखि जारी पौंदी न्वागी मेलामा आयोजकसँगको समन्वयमा अवैध जुवा (खोरखोरे) खेलाउने गरिएको पाइएको हो । पौंदी न्वागी मेलाका अध्यक्ष कृष्ण घिमिरेले युवाहरूले आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गरेकाले आफूहरूले पनि सहयोग गरेको स्वीकार गरेका छन् ।
'स्थानीय सरकारले हामीलाई सहयोग गरेको छैन, संस्कृति जोगाउनपर्ने हाम्रो कर्तव्य पनि हो,' अध्यक्ष घिमिरेले भने, 'हाम्रो कार्यक्रमलाई उनीहरूले आर्थिक सहयोग गरेका छन् । हामीले पनि उनीहरूलाई सहयोग गरेका हौँ ।'
शुरूमा आयोजकको कन्टोलमा नभएको बताएका अध्यक्ष घिमिरेले स्थानीय सरकारले आफ्नो कार्यक्रमलाई सहयोग नगरेकै कारण आफूहरूले उनीहरुबाट सहयोग लिएको स्वीकार गरेका हुन् । केही युवाहरूले आफ्नो कार्यक्रमलाई आर्थिक सहयोग गरेकै कारणले उनीहरूलाई आफूहरुले केही भन्न नमिल्ने बताए । 'हामीलाई सहयोग गरेकै कारणले उनीहरुलाई सहयोग गरेका हौं,' उनले भने, 'यहाँ धेरै वेथिति छन् तपाईं यी कुरामा ध्यान दिनुहोस् अरु कुरामा भन्दा नि !'
यो समाचार तयार पर्दासम्म न्वागी मेलामा अवैध जुवा चलिरहेको छ । कानूनलेसमेत बर्जीत गरेको जुवाजन्य (खोरखोरे) खेल खेलाउँदा स्थानीयले लाखौं रुपैयाँ गुमाउने गरेका छन्। ग्वालीचौर प्रहरी चौकीको ५० मिटर नजिक रहेको कार्यक्रमस्थलमा केही युवाहरुले कानुनलाई चुनौती दिँदै खोरखोरे खेलाउने गरेको एक स्थानीयले जानकारी दिए ।
यस्तै, पौदीं न्वागी मेलाका सचिव एवम् बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु आचार्यले अवैध जुवा खेल्न अनुमति नदिएको बताए । 'त्यहाँ खेलाइरहेका छन् रे ! हामीले आधिकारीक रूपमा अनुमति दिएका छैनौं, उनले भने, 'कसैले अलिअलि सहयोग गरेको भए थाहा भएन हामीले खेल्न अनुमति दिएका छैनौं मैलेमात्र रोकेर रोकिदैन ।'
बागलुङका एसपी तिलक भारतीले कानुनले बर्जित गरेको कुरा खेलाउन नहुने बताएका छन् । 'न्वागी मेलामा खोरखोरे खेलाएको भन्ने कुरा आएको छ,' एसपी भारतीले न्यूज खरीसँग भने, 'तत्काल रोक्न मैले निर्देशन गरेको छु आजै रोकिन्छ ।'
के छ कानुनमा सजायको व्यवस्था ?
जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।
तर २०७५ साल भदौदेखि लागू भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।
भिडियाे हेर्नुहाेस्