सुनको मूल्य तोलामा २९ सयले बढ्यो

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ । गएको शुक्रबार (मंसिर ५) छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

सुनको मूल्य तोलामा २९ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार (मंसिर ७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलमा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ । गएको शुक्रबार (मंसिर ५) छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।