बागलुङ । भिरमा अड्किएको मुसिकोट नगरपालिका–१ पौदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्रीको शव सशस्त्र प्रहरीले निकालेको छ । एक सातादेखि वेपत्ता खत्री शुक्रबार मृत फेला परेका थिए । स्थानीयले भिरमा अड्किएको अवस्थामा खत्रीको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
तर बडिगाड खोला र भिर भएका कारण शव निकाल्न नसकेपछि शनिबारका सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईंसहितको टोली घटनास्थल पुगेको थियो ।
करिब एक घण्टा लगाएर शव निकालिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए। घरमा एक्लै बस्दै आएका खत्री कात्तिक २८ गतेबाट हराएका थिए । कपडाका आधारमा व्यक्ति पहिचान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
बडिगाड खोला नजिकै भिरमा अड्किएको शव सशस्त्र प्रहरीले निकाल्यो
तर बडिगाड खोला र भिर भएका कारण शव निकाल्न नसकेपछि शनिबारका सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईंसहितको टोली घटनास्थल पुगेको थियो ।