हेडक्वार्टर तानिए बाराका एसपी, कुँवरलाई पठाइयो

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार उनलाई शुक्रबार नै सरूवा गरी हेडक्वार्टर तानिएको हो। उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी नरेन्द्र कुँवर पठाइएको छ। त्यसैगरी धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालको पनि सरूवा गरेको छ।

हेडक्वार्टर तानिए बाराका एसपी, कुँवरलाई पठाइयो
काठमाडौं । बाराका प्रहरी प्रमुख हेडक्वार्टर तानिएका छन्। बारामा पछिल्लो घटनाक्रमपछि प्रहरी प्रमुख एसपी सन्तोष तामाङको सरूवा गरिएको हो। प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार उनलाई शुक्रबार नै सरूवा गरी हेडक्वार्टर तानिएको हो। उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी नरेन्द्र कुँवर पठाइएको छ। त्यसैगरी धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालको पनि सरूवा गरेको छ। उनलाई सरूवा गरी मधेस प्रदेश प्रहरी कार्यालय पठाइएको छ। उनको स्थानमा सुमित खड्का पठाइएको छ।