काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू पनि अध्यक्षको उम्मेदवार भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको झन्डै ७ घन्टा लामो बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको बताएका हुन् ।
‘नेतृत्वको अभिव्यक्तिका कारण पार्टीमा संकट गहिरिँदै गएको छ। आन्दोलन पनि संकटकै अवस्थामा छ। अध्यक्षका लागि म योग्य छु। म प्रतिस्पर्धा गर्छु,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र स्थापित विधि, परम्परा, मूल्यको जगेर्ना गर्दै प्रतिस्पर्धा गर्ने र परिणाम जे आए पनि आफू स्वीकार्न तयार रहेको सन्देश पनि दिएका थिए।
‘म प्रतिस्पर्धा गर्छु। हारजित जे भए पनि त्यो प्रतिस्पर्धाको सौन्दर्भ हो। म त्यसलाई सहर्ष स्वीकार गर्छु,’ पोखरेलले बैठकमा भने, ‘प्रतिस्पर्धाका लागि म योग्य पनि छु।’
जबाफमा अध्यक्ष ओलीले पार्टी आन्दोलन संकटमा परेका बेला, नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला आफूले अध्यक्ष नछाड्ने बताएका थिए।
‘प्रतिस्पर्धा गर्नुहुन्छ भने गर्नुहोस्। म नगर्नुहोस् भन्दिनँ। तर मैले अहिले नेतृत्व छाड्ने अवस्था छैन। तर प्रतिस्पर्धाले पार्टी, आन्दोलन र स्वयम् व्यक्तिलाई पनि फाइदा पुग्दैन,’ ओलीले भनेका थिए।
सचिवालय बैठकमा ईश्वर पोखरेलले भने– 'अध्यक्षको उम्मेदवार म पनि हुँ'
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र स्थापित विधि, परम्परा, मूल्यको जगेर्ना गर्दै प्रतिस्पर्धा गर्ने र परिणाम जे आए पनि आफू स्वीकार्न तयार रहेको सन्देश पनि दिएका थिए।

