काठमाडौं । रवि बोपाराको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससाम १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि बोपाराले ५५ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए ।
यसैगरी कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहराले १० रन जोडे । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले तीन तथा अभिनाश गौतम र गुल्बदिन नइबले दुई–दुई विकेट लिए ।
रविको अर्धशतकमा लुम्बिनीलाई १ सय ४३ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो ।