कर्णाली याक्ससँगको खेलमा चितवन विजयी

चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए। कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिए ।

कर्णाली याक्ससँगको खेलमा चितवन विजयी
काठमाडौं । कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा चितवन राइनोज विजयी भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो। चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए। कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिए । यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो। कर्णालीका लागि प्रियांक पञ्चालले ९०, पवन सर्राफले २७, म्याक्स उडले २० र मार्क वाटले १६ रन बनाएको थियो। चितवनका लागि सोहैल तनविर, सैफ जैब र रवि बोपाराले एक–एक विकेट लिएका थिए।