देशभर चिसो बढ्दै, काठमाडौंको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झर्यो

देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ । आज देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्दै, काठमाडौंको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झर्यो
काठमाडौं । देशभर चिसो बढेको छ । काठमाडौंमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको थियो । काठमाडौंमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो । देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ । आज देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।