एनपीएल सिजन-२ : काठमाडौंद्धारा जनकपुर बोल्ट्स ५ विकेटले पराजित

कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुर काठमाडौं गोर्खाजसमक्ष ६ विकेटले स्तब्ध भएको हो ।

एनपीएल सिजन-२ : काठमाडौंद्धारा जनकपुर बोल्ट्स ५ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटको जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंको जितमा ओपनर बेन चार्लेस्वर्थले सर्वाधिक ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ८.१ ओभरमा ७० रनको साझेदारी गर्दै काठमाडौंलाई बलियो सुरुआत दिलाएका थिए । मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन थपे । आदिल आलम आठ र गेरहार्ड इरास्मस एक रनमा अविजित रहे । जनकपुरका कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी र सञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जनकपुरका ओपनर आसिफ सेखले सर्वाधिक ५४ रन बनाए । आसिफले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । उनले ३७ बलमा अर्धशतक पूरा गरेका थिए । एनपीएलमै आसिफको यो पहिलो अर्धशतक हो । मयन यादवले ३४ रन जोडे । मयनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । लाहिरु समाराकोनले पनि २२ रन जोडे । यसबाहेक, जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका कप्तान अनिल साह डक भएका थिए । बलिङतर्फ काठमाडौंका मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिए । मिलिन्दले चार ओभरमा १५ रनमात्र खर्चिए । करण केसी, साहब आलम र सन्तोष यादवले पनि समान एक–एक विकेट लिए ।