गुल्मी । जिपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जिप मुसिकोट नगरपालिका २ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए ।
जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
बिकलाई सोमबार बिहान ३ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गएराति १० बजेको समयमा यो घटना भएको थियो । गाडी र गाडी चालक प्रहरी नियन्त्रणमा छन् ।
जिपको छतमा राखेको 'जस्तापाता' खसेर लाग्दा एक जनाको मृत्यु
जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।