निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्ने

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पनि विदेश भ्रमणमा रोक लगाइ उपत्यका छाड्नुपर्ने अवस्थामा अनुमति लिनुपर्ने निर्णय आयोगले गरिसकेको छ।

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्ने
काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने गरी जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले पत्राचार गरेको छ। आज बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए। आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भन्दै बोलाएको बेलामा उपस्थित हुनुपर्ने पनि भनेको छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पनि विदेश भ्रमणमा रोक लगाइ उपत्यका छाड्नुपर्ने अवस्थामा अनुमति लिनुपर्ने निर्णय आयोगले गरिसकेको छ। खापुङ गएराति १२ बजेदेखि सेवाअवधि पूरा गरी नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन्।