पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर

काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गा पूर्वऊर्जामन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा दिने सर्तमा उपभोग गरिरहेको थियो। तर भाडा नतिरेपछि स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो।

पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
काठमाडौं । पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गामा बनाएका संरचना काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ। काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गा पूर्वऊर्जामन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा दिने सर्तमा उपभोग गरिरहेको थियो। तर भाडा नतिरेपछि स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो। उक्त म्याद सकिएपछि बिहीबार स्काउटको जग्गा महानगरपालिकाको सहयोगमा खाली गरिएको हो। संरचना भत्काउने काममा युवा तथा खेलकुदमन्त्री बब्बु गुप्ता आफैँ खटिएका थिए। मन्त्री गुप्ताको अगुवाइमा स्काउटको जग्गा खाली गरिएको खेलकुदमन्त्रीको सचिवालयलले जानकारी दिएको छ। लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ मा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिए पनि कम्पनीले जग्गा छाडेको थिएन।