जगदम्बा स्टिलले तिर्‍यो किस्ताबापतको ५ करोड ७२ लाख

बारा(पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार बुझाएको हो ।

जगदम्बा स्टिलले तिर्‍यो किस्ताबापतको ५ करोड ७२ लाख
काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको जगदम्बा स्टिलले बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ। बारा(पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार बुझाएको हो । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा काटिएको विद्युत लाइन पनि जडान गरिएको छ। जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो। जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ। जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।