यस्ता छन् दुर्गा प्रसाईंको महाअभियानका २७ बुँदे माग (सूचीसहित)

महाअभियानले नेपालको संविधान खारेजी, हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागु गर्नुपर्नेलगायत माग राखेका छन् ।

यस्ता छन् दुर्गा प्रसाईंको महाअभियानका २७ बुँदे माग (सूचीसहित)
काठमाडौं । दुर्गा प्रसाईंका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले सरकारसमक्ष २७ बुँदे माग पेस गरेको छ । सरकारसँग वार्ताका लागि गृह मन्त्रालय गएको प्रसाईंले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई २७ बुँदे मागपत्र हस्तान्तरण गरेका हुन् । महाअभियानले नेपालको संविधान खारेजी, हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागु गर्नुपर्नेलगायत माग राखेका छन् । त्यस्तै, मागहरू जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने र तत्कालीन सरकार उच्च पदस्थहरूलाई पक्राउ गरी छानबिन गर्नुपर्ने मागहरूसमेत रहेका छन् । यी हुन् २७ बुँदे माग