काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय तथा प्रदेश मन्त्रालयका पाँच सचिवहरूको सरुवा गरेको हो । जसअनुसार लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। त्यस्तै, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका रूपमा पठाइएको छ।
त्यसैगरी, लामो समयदेखि बढुवा भएर पनि पदस्थापन हुन बाँकी रहेका अतिरिक्त सचिव कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (अतिरिक्त) मा राखिएको छ।
यसैबीच, वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
सरकारले गर्यो ५ सचिवको सरूवा, को-कहाँ ? (सूचीसहित)