केन्द्रीय सदस्य प्रकाश शाहले त्यागे एमाले, नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

उक्त पार्टीमा एमालेले सधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल पनि समाहित हुन लागेका छन्। शाह रावलसँगै पार्टी प्रवेश गर्ने एक नेताले बताए।

केन्द्रीय सदस्य प्रकाश शाहले त्यागे एमाले, नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी परित्याग गरेका छन् । उनी बुधबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। उक्त पार्टीमा एमालेले सधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल पनि समाहित हुन लागेका छन्। शाह रावलसँगै पार्टी प्रवेश गर्ने एक नेताले बताए। रावल एमालेमा छँदा शाह पनि उनी निकट मानिन्थे। रावललाई कारबाही गरेपछि शाहले त्यसको विरोध गर्दै धारणा राख्दै आएका थिए। प्रकाश शाह २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्री बनेका थिए।