आज कोशी प्रदेशमा सार्वजनिक बिदा

महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो ।

आज कोशी प्रदेशमा सार्वजनिक बिदा
विराटनगर । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो । फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधारक हुन् । उनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फाल्गुनन्द समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक रहेको बताए । महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सन्देश जारी गर्दै उनले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।