नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै भीम रावल

आइतबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै भीम रावल
काठमाडौं । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ । आइतबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधीनता मुख्य विषय हुने बताएका थिए। सुरुमा संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग रावलको संवाद भएको थियो । त्यसपछि भानुभक्त जोशी ,शेरबहादुर कुवर र प्रकाश ज्वाला पनि संवादमा बसेका थिए । उनीहरूले रावललाई अब नेकपाबाटै मूलधारको राजनीतिमा फर्किन आग्रह गरे ।