ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए।

ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त
काठमाडौं । एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए। सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।