काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भवन भत्काउने क्रममा पुरिएर २ जना घाइते भएका छन् ।
जेनजी आन्दोलनपछि भदौ २४ मा भएको तोडफोड र आगजनीमा परेको भवनलाई भत्काउने क्रममा एक्कासी माथिबाट संरचना खस्दा उनीहरु घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ छन् । उनीहरूमध्ये स्याङ्तानको टाउको र खुट्टामा चोट लागेको छ । दीपकको हात र खुट्टामा चोट छ ।
नक्सालको भाटभटेनी भवन भत्काउने क्रममा २ जना घाइते*
जेनजी आन्दोलनपछि भदौ २४ मा भएको तोडफोड र आगजनीमा परेको भवनलाई भत्काउने क्रममा एक्कासी माथिबाट संरचना खस्दा उनीहरु घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।