कुलमान घिसिङ नेतृत्वको पार्टीको नाम 'नेपाल जनसेवा पार्टी'

त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्नेबारे लगभग सहमति भएको छ। आज भरै र भोलि पनि छलफल गरेर जनसेवा पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ।

कुलमान घिसिङ नेतृत्वको पार्टीको नाम 'नेपाल जनसेवा पार्टी'
काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुंगो लागेको छ। घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्। घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्न छलफल भए पनि केहीले उक्त नाम नराख्न सुझाव दिएका थिए। सुमना श्रेष्ठसहित केही नेताहरूले उज्यालो नेपाल पार्टी नाम राख्दा एक जनाको पार्टीजस्तो देखिने सुझाएका थिए। त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्नेबारे लगभग सहमति भएको छ। आज भरै र भोलि पनि छलफल गरेर जनसेवा पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ। अहिले नेतृत्वमा कुलमान घिसिङलाई राख्ने कि नराख्ने भन्नेबारे निर्णय भइसकेको छैन। उनी मन्त्री छन्। तर घिसिङ आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने मनस्थितिमा छन्।