काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ । सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १ः३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ।
‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो।
बैंकले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ ।१० ।२९ को निर्णयानुसार मिति २०७९।११।०१ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा रहेको व्यहोरा जानकारी गराइन्छ।
उक्त दिन नगद कारोबार, चेक क्लियरिङलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०ः ०० देखि अपराह्न १ः ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुहुन यो सूचना जारी गरिएको छ।’
सार्वजनिक विदाको दिन पनि बैंक दिउँसो १ बजेसम्म खुल्ने
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ।

