नेपालले भारतलाई दियो १३८ रनको लक्ष्य

नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश रनले ३१ रन बनाए। खेलमा भारतले कुनै पनि विकेट लिन सकेन।

नेपालले भारतलाई दियो १३८ रनको लक्ष्य
काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई १३८ विजयी लक्ष्य दिएको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल आज निर्धारित ओभरमा १३७ रन बनाएको हो। नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश रनले ३१ रन बनाए। खेलमा भारतले कुनै पनि विकेट लिन सकेन।