बोबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

उनका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते उनीहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ ।

बोबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते
बुर्तिबाङ । बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका-९ चौबिरमा पिकअप जिप दुर्घटना हुँदा स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत 'कल्याण' ले जानकारी दिए । उनका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ ।