काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोडमा संलग्न दुई जना पक्राउ परेका छन्।
प्रहरीले जेनजी आन्दोलनका बेला मेयर अधिकारीको घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।
बुधबार प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले हाल बुढानीलकण्ठ नगरपालिका-१० गैरीगाउँ बस्दै आएका इलामको माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका-२ की २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो।
बुढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ
प्रहरीले जेनजी आन्दोलनका बेला मेयर अधिकारीको घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।