काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निवास गुण्डु पुगेका छन्। अध्यक्ष ओली र सम्मानित नेता खनालबीच मंगलबार राति गुण्डुमा भेटवार्ता भएको हो।
उनीहरूबीच सौहार्द कुरा भएको र थप छलफल गर्ने भनेर भेटवार्ता टुंगिएका एमालेका एक नेताले बताए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुसंख्यक पदाधिकारी एवम् पार्टी पंक्ति माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा जाने भएपछि खनाल, महासचिव भूसाल असन्तुष्ट बनेका छन्। भूसालले वाम आन्दोलन पुनःगठनको मुद्दा बोकेर हिँडेका छन्।
उनले माओवादी केन्द्र छाडेका जनार्दन शर्मा, राम कार्की, अञ्जना विशंखेलगायतसँग संवाद गरिरहेका छन्।
खनाल, रामकुमार झाक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, पीताम्बर तिमिल्सिना, गम्भीरला श्रेष्ठ सहितको पंक्ति एमालेसँगको संवादमा छ। झाक्रीले बुधबार बिहान १० बजे पत्रकार सम्मेलन राखेकी छन्। उनले त्यही पत्रकार सम्मेलनबाट आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी छन्।
एकताप्रति असन्तुष्ट झलनाथ खनाल ओली भेट्न पुगे गुण्डु