काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य जनार्दन शर्माबीच पार्टी जीवनको बिदाइ भेटवार्ता भएको छ ।
माओवादीले नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गरेका शर्मालाई फकाउन प्रचण्डले आइतबार बोलाएका थिए । शर्मा आफ्नो निर्णयमा टसमस नभएपछि दुई नेताले एकअर्कालाई ‘गुडबाइ’ भनेका छन् ।
माओवादीलाई अरू दलसँग मिलाएपछि आफू बिदाइ भेट गर्न आएको शर्माले बताएका थिए । ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्छु’ शर्माको भनाइ थियो, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’
भेटमा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनमा आफूले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि शर्माले पत्याएनन् । ‘केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गर्यो । तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,’ उनले भने, ‘तपाईंले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने पत्याउन सकिँदैन ।’
कुराकानी यतिमै रोकिएन । दाहालको नेतृत्व स्विकारेरै नेता मान्दै आए पनि पछिल्लो समय धोका दिएको शर्माले आरोप लगाए ।
प्रचण्ड र शर्माको बिदाइ भेटवार्ता : जनार्दनले भने-'बृहत् एकतापछि कुनै घुम्तीमा भेटौंला ’