काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा भदौ २३/२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ’ उनले भने।
गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई सहिद घोषणा गरिएको उनको भनाइ छ।
सहीदकाे सूची
जेनजी आन्दोलन: यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (नामसहित)