माओवादी, एकीकृत समाजवादीसहित ८ दलबीच पार्टी एकताको सहमति

आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। कात्तिक १९ गते एकता घोषणा हुने र ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।

माओवादी, एकीकृत समाजवादीसहित ८ दलबीच पार्टी एकताको सहमति
काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ। पार्टीको नाम टुंगो लगाउन बाँकी भए पनि चुनाव चिह्न भने पाँच कुने तारा राख्ने सहमति भएको छ। आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। कात्तिक १९ गते एकता घोषणा हुने र ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ। त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद हुनेछ। एकताको महाधिवेशन नहुन्जेलसम्मलाई संयोजक र सहसंयोजक रहने छन्। सहमति पत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)ले हस्तारक्षर गरेका छन्।