नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे। त्यस्तै करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए।

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाललाई अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तिो पाएको थियो। ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे। त्यस्तै करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए। त्यस्तै आसिफ शेख, आरिफ शेख र गुल्सन झाले दोहो अंकमा रन बनाउन सकेनन्। नन्दन यादवले १, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले १ रन बनाए।