एसका नेताहरूलाई एमालेमा फर्किन योगेश भट्टराईको आग्रह

भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई स्वागत् गर्दै एसका नेतालाई एमालेमा फर्किन आग्रह गरेका हुन् ।

एसका नेताहरूलाई एमालेमा फर्किन योगेश भट्टराईको आग्रह
काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको एकीकृत समाजवादी (एस)का नेताहरूलाई नेपालमा फर्किन आग्रह गरेका छन् । भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई स्वागत् गर्दै एसका नेतालाई एमालेमा फर्किन आग्रह गरेका हुन् । भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नैपर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ ।’ उनले जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको टिप्पणी गरे । भट्टराईले एकता र सहकार्यका लागि चारवटा आधार पेस गरेका छन् ।