माओवादीसँग एकता गर्ने माधव नेपालको प्रस्ताव केन्द्रीय समितिद्वारा अनुमोदन

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए । बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेको हो । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको एक नेताले जानकारी दिए ।

माओवादीसँग एकता गर्ने माधव नेपालको प्रस्ताव केन्द्रीय समितिद्वारा अनुमोदन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए । बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेको हो । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको एक नेताले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले राखेका मन्तव्य -जे गर्दा बोल्दा पनि छुट दिने उदार पार्टी हाम्रो नै भएको छ । -राष्ट्रका सामु हाम्रो सामु ठुला ठुला चुनौती छन् । सबै पार्टी र नेताहरूलाई हामीले राम्रोसँग बुझेका छौँ । नाडी छानेका छौँ । -विगतमा राजतन्त्र फाल्न सकिँदैन भन्नेहरू थिए, हामीले आँट गरेर राजतन्त्र फाल्यौँ । - विगतमा नेपालका नेताहरू कोही लोकप्रिय छैनन् भन्ने हल्ला चलाइएको बीच हामीले लुम्बिनीमा ठुलो सभा गरेका थियौँ । - निराश हुनुपर्ने अहिले पनि बेला छैन । - जनताले साथ दियो भने शक्ति बढ्छ । जनताको विश्वास जित्नुपर्छ । विगतमा दुई तिहाइ पनि ल्यायौँ । तर नेतृत्व गलत भएर धेरै कुरा बिग्रियो । -ओलीको कुशासनले जेनजी आन्दोलन भयो । जेन जी विस्फोट भयो । - मलाई थाहा पनि थिएन यो आन्दोलन बारे । विदेशीहरूले लामो समयदेखि योजना बनाएका रहेछन् । - जेनजीले हामीलाई बिदा होऊ भनेको छैन । -तर नमरुन्जेल नेतृत्वमा बस्न दिने सिस्टम बनाउनुपर्छ । त्यो महाधिवेशन बाट गर्नुपर्छ । - जति अशक्त भएपनि नेतृ्तव्मा लगातार वर्षौंसम्म बस्नैपर्ने मोह कम्युनिस्ट पार्टीहरूमा पनि छ । मसालमा छ, नेमकिपामा छ, माओवादी केन्द्रमा पनि छ । - तर, उमेरले सबै कुरा तय गर्दैन । विचार गतिशीलता छ कि छैन यो महत्वपूर्ण कुरा हो । - हाम्रो छवि, एमाले र नेताहरूको छवि माथि छ । - पतञ्जलिको केस भ्रष्टाचारको केस हैन । आरोपपत्रमा त्यो छैन । -एक कठ्ठा सरकारी जग्गा तलमाथि गरेको छैन । -भूमि ऐनले हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति दिन्छ । -त्यो निजी जग्गा किनेको हो, कुनै छुट दिएको छैन कर तिरेको छैन । -अख्तियारले छानबिन गरेर केही छैन भनेर तामेलीमा राखेको कुरा केपीको स्पेसल आदेशमा जबर्जस्ती मुद्दा लाएको हो । ओलीको बदला भाव ले भएको हो । -विभिन्न पार्टीका वकिल साथीहरूले ढाडस दिए, सिंगो मधेशका नेताहरूले माधव नेपालको साथ छ भनेर हौसला दिनुभयो । -म मैदान छाडेर भाग्दिन, ओलीको चाहाना थियो मलाई धपाउने । तर नबिराउनु नडराउनु । मेरो शिर ठाडो छ, कुनै स्वदेशी विदेशी पार्टीले मलाई डोमिनेट गर्न सक्दैन । - मैले मन्त्री बनाए बापत, राजदुत बनाएबापत वा यो वा त्यो गरेबापत एक पैसा घुस लिएको छैन । -पदको निम्ति निर्लिप्त हुने मान्छे होइन म । विगतमा मैले राजीनामा देको नै हो । -माओवादीसंग एकता अभियैन उहीलेदेखि चलेको हो । - यो सुटुक्क र व्यक्तिगत रूपमा एकता गरेको पनि हैन । सचिवालय स्थायी कमिटीको निर्णय अनुसार , वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाएको हो । -यो माओवादी केन्द्रसंग मात्र होइन, महेन्द्र राय यादव, आज विभाजन भएको विप्लव समूहसँग पनि एकता हुन्छ । जेन जीको वार्तामा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा । - मैले प्रचण्डलाई ३६र४० वर्ष भयो नेतृत्व छोड्नुहोस् भनेको छु । म पनि संसार घुम्न मन छ । नेतृत्वमा बस्दिन । विप्लवलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले महासचिव हुनुस् भनेको थिएँ उहाँले मान्नुभएन ।